काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाण पत्रका आधारमा नियुक्ति लिएको आरोपमा महोत्तरीका १ जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले राष्ट्रिय प्राथमिक विद्यालय धमौरामा कार्यरत राहत शिक्षक अशोककुमार साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण…