साउदी रियाल देखाई ठगी गरेको अभियोगमा ३ जना पक्राउ

काठमाण्डु – साउदी रियाल देखाई १४ लाख २१ हजार ५०० रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुलीको दुधौली नगरपालिका–१२ जिनाखु घर भएका ३५ वर्षीय दिपक तामाङ, ४९ वर्षीय टेक बहादुर घिसिङ र ३६ वर्षीय निर बहादुर तामाङ छन् । रामेछाप घर भई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–५…