काठमाण्डु– संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो। समितिको आइतबारको बैठकले नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। नेपाली त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकमा कार्यरत रहेका छन् । नेपालीलाई माल्दिभ्सको गैरआवासीय राजदूतको लागि पनि सिफारिस भएका छन् । संसदीय समितिले…