काठमाण्डु- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्री पाण्डेलाई कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका छन् । गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सांसद बजगाईंले केन्द्रीय अनुशासन समितिमा पर्यटनमन्त्री पाण्डेविरुद्ध उजुरी दिएका हुन् । पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत मन्त्री पाण्डेले अभिव्यक्ति दिएको भन्दै बजगाईंले शुक्रबार उजुरी दिएका हुन्…