काठमाण्डु - कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा सडक यातायात अझैं पनि जोखिमपूर्ण र अपुरो छ । यस्तो अवस्थामा हवाई सेवा यहाँका नागरिकका लागि विलासिता नभई बाध्यता र जीवनरेखा हो । र, विडम्बना कर्णालीका सात जिल्लामा नौ वटा विमानस्थल हुँदाहुँदै पनि यहाँका बासिन्दाले यात्रामा सास्ती भोग्नुपर्ने नियति बदलिएको छैन । एकातिर करोडौँ खर्चेर बनाइएका संरचना प्रयोगविहीन छन्…