काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले हप्तामा २ दिन (शनिबार र आईतबार) सार्वजनिक बिदा दिने निर्णय गरे पनि अस्पताललाई आफ्नो क्षमताअनुसार आईतबार सेवा दिन भनिएकोप्रति संघ असन्तुष्ट देखिएको हो । ‘नेपाल सरकार, मन्त्रिपरिषद्को…