कर्णाली – कर्णाली उत्सवको ‘सडकदेखि सदनसम्म’को सत्रमा जेनजी पुस्ताका अगुवाहरू वक्ताको रूपमा सहभागी भएका छन् । उनीहरूले जेनजी आन्दोलन र त्यसपछिका अभ्यासहरूमा समीक्षा गरे तर उनीहरूले युवापुस्ताको आवाज जनमतद्वारा अनुमोदन भए पनि ढुक्क हुने अवस्था नभएको बताए । जेनजी पुस्ताले चाहेको सुशासन, भ्रष्टाचार विरुद्धको लडाइँ र न्यायको खोजीको आन्दोलनले अझै पूर्णता नपाएको उनीहरूको गुनासो छ…