काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिएको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले सहकारी घोटाला प्रकरणमा मुछिएकी सांसद बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न बैठकले निर्देशन गरेको हो । बैठकले अन्य सहकारी घोटाला प्रकरणको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ ।…