नगरकोटमा कार सडकबाट खस्दा ७ जना घाइते, कञ्चनपुरमा मोटरसाइकल दुर्घटना

काठमाण्डु-भक्तपुरमा कार दुर्घटना हुँदा सातजना घाइते भएका छन् । नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार दुर्घटना हुँदा सातजना घाइते भएका प्रहरीले जनाएको छ । नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा.१८च. २५११ नम्बरको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरी प्रभाग सुडालले…