काठमाण्डु- भारतको बंगालको खाडीमा न्यून चापीय प्रणालीका कारण उत्पन्न हुने चक्रवाती आँधीको असर नेपालमा पनि हुने भएको छ । भारतीय अधिकारीहरूले यो शक्तिशाली चक्रवातलाई ‘रेमल’ भनेका छन् । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो । अधिकारीहरूका अनुसार आज आइतबार मध्यरातमा पश्चिम बंगालको सागर टापु र बंगलादेशको खेपुपाराको बीचमा आँधी अवतरण गर्नेछ ।…