कांग्रेस व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्ने अडानबाट पछि नहट्ने

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको बचल अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर छानबिनको दायरामा ल्याउनु पर्ने कार्यदेशसहित संसदीय छानबिन समिति गठन गर्ने अडानबाट पछि नहट्ने भएको छ । आफूलाई भेट्न आफ्नै निवास बुढानीलकण्ठमा बिहान पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको अडानबारे जानकारी गराएका हुन् ।…