नेपाल–चीनबीच व्यापारिक नाका पुनःसञ्चालनबाट आर्थिक सम्बन्ध प्रगाढ बन्छ : मन्त्री श्रेष्ठ

काठमाण्डु–सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित ७ वटा पारम्पारिक व्यापार नाका चार वर्षपछि शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल र चीनबीच रहेका १४ मध्ये ७ वटा नाका सञ्चालनमा आएको हो । बाँकी ७ वटा नाका पनि छिट्टै खुल्ने चिनियाँ पक्षले जनाएको छ । चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै किमाथाङका नाका बन्द गरेको थियो ।…