काठमाण्डु- पार्टीको दशौं महाधिवेशनको पूर्वसन्धयामा नेकपा एसले अन्तर पार्टी निर्देशन–१४ (अपानी) जारी गरेको छ । अध्यक्ष माधवकुमार नेपालले दशौं महाधिवेशनबाट कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने जिम्मेवारी आफ्नो पार्टीको भएको जिकिर निर्देशनमा गरेका छन् । अपानीमा नेपालले लेखेका छन्, ‘हाम्रो विद्रोहले नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको एउटा चुनौतीपूर्ण ऐतिहासिक अभिभारा बोकेका छ । दक्षिणपन्थी यथास्थितिवादबाट…