अब इरानी नागरिकले पनि नेपालको ‘अन अराइभल’ भिसा नपाउने

काठमाण्डु- नेपाल सरकारले इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ । भिसा नीतिमा हेरफेर गर्दै सरकारले नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय गरेको हो । अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने अध्यागमन विभागले जनाएको छ…