काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् नरेन्द्रकुमार गुप्ताले मध्यपूर्वमा जारी युद्ध रोकिएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको अवस्थामा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटेकोमा सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुप्ताले हालको पेट्रोलियम पदार्थको बजार मूल्य नेपाली जनताले थेग्नै नसक्ने बताए । मूल्य समायोजना गर्नुपर्नेमा अझै पनि बढाइएको मूल्य कायमै रहने…