भक्तपुरको कार्पेट कारखानामा आगलागी करिब दुई करोडको क्षति, दुई घाइते

भक्तपुर- यहाँको दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ भने आगलागीमा परी दुईजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ। सन्तोषमान श्रेष्ठको ज्योति प्लाई कार्पेट कारखानामा शनिबार राति करिब १२ बजेतिर आगलागी भएको हो। आगलागीको सूचना पाउनासाथ भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट ७ वटा दमकल पुगेर आगो निभाएका…