काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले नेता रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरेका छन् । उनले आजै साढे ५ बजे पद तथा गोपनियताको शपथ लिने तयारी छ । एमाले नेता तथा तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलेले मानव तस्करी प्रकरणमा मुछिएर राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीलाई नियुक्त गरिएको हो ।…