काठमाडौं-आँखा जुधाउने पो बानी रहेछ तिम्रो मान्छे भुलाउने पो बानी रहेछ तिम्रो । गजलकार घनेन्द्र ओझाका यी शेर विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गाइरहँदा सर्वनाम थिएटरको हल ‘वान्स मोर’ भनिरहेको थियो । विशिष्ट साधक, स्रष्टाहरूको उपस्थितिमा सम्पन्न मुशायरामा अर्का गजलकार तथा गायक लालकाजी श्रेष्ठ गुञ्जिए आँचलकुमार शर्माका यी शब्दमार्फत : कुवा हुन्थ्यो र जल कंचन…