पिकअप गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

रूपन्देही – पिकअप गाडीको ठक्करबाट रुपन्देहीमा साइकल यात्रीको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भगतपुरवास्थित सडकमा लुम्बिनीबाट रामापुर–कलौनीतर्फ जाँदै गरेको लु२च ४८६१ नम्बरको पिकअप गाडीको ठक्करबाट साइकल यात्री भगतपुरवा बस्ने २५ वर्षीय छोटु सेख भन्ने ग्यासुदिन सेखको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु…