काठमाण्डु –नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा जनकपुरले ८ विकेटको जित हात पारेको छ । विराटनगर किंग्सले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै १३१ रन बनाएको हो। जनकपुरका लागि लाहिरू मिलन्थाले अर्धशतक प्रहार गरे। उनले नटआउट ७५ रन जोड्ने क्रममा ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।…