काठमाण्डु – नेपाल प्रहरीमा राजनीतिक शास्त्रमा स्नातकोत्तर तह सञ्चालन सम्बन्धमा सहकार्य गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले प्रहरी प्रधान कार्यालयमा शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले वरिष्ठ प्रहरी अधिकृतको…