रास्वपाको आकस्मिक बैठक : रवि लामिछानेलाई रातारात पोखरा लगिएकोमा आपत्ति

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति घोर आपत्ति जनाएको छ । शुक्रबार आकस्मिक बैठकपछि रास्वपाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिनु आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना भनेको छ । सरकारको प्रत्यक्ष निर्देशनमा लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएको सूचना आफूहरूसँग रहेको रास्वपाको आरोप छ ।…