काठमाण्डु- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा निकुञ्जसँगको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घले विश्वमा दुर्लभ मानिएको खरमयुर गणना थालेकोे हो । निकुञ्ज, नेपाल पन्छी संरक्षण सङ्घ, नेपाली सेना, शुक्लाफाँटा गाइडएशोसिएन, चरा विज्ञलगायत गरी २० जनाको टोली गणनका लागि खटिएको छ । निकुञ्जभित्रका शुक्लाफाँट, करैया…