नेपालीलाई यूएईमा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न सिफारिस

खोटाङ- संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि यूएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ। यूएई पठाएर १९ नेपाली युवालाई अलपत्र पार्ने काठमाडौंस्थित मेची इन्टरनेशनल ओभर्सिज प्रालिलाई कारबाही गर्न दूतावासले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंलाई पत्राचार गरेको हो। 'नेपाली श्रमिक समस्यामा परेको खबर विभिन्न सञ्चार माध्यमबाट थाहा…