काठमाण्डु– अढाई महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु भएको छ । करिब अढाई महिनादेखि बन्द भएको पोखरा–जोमसोम हवाई उडान बुधबारदेखि सञ्चालनमा आएको हो । पोखराबाट १८ जना भारतीय नागरिक लिएर पहिलो उडान भरेको समिट एयरलाइन्सले आज बिहान ८ बजेर ५२ मिनेट जाँदा जोमसोम विमानस्थलमा अवतरण गरेको हो ।