काठमाण्डु–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले र रास्वपाले सहकारी ठगी र गिरीबन्धु टि स्टेटको विषय नउठाउने सहमति गरेको दाबी गरेका छन् । संसद् भवनमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले भने, ‘सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई एमालेले र एमाले अध्यक्ष केपी शर्मा ओली मुछिएको गिरीबन्धु टि स्टेट प्रकरणमा रास्वपाले साथ दिने सहमति भएको…