प्रतिनिधिसभा बैठकः सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग

काठमाण्डु- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अदालतको आदेशबमोजिम रकम पाउनुपर्ने माग गरेका हुन् । उनीहरुले सहकारी विवाद र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति सरकारमा…