देउवालाई अब प्रधानमन्त्री नबन्न महामन्त्री शर्माकाे प्रस्ताव

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेर बहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न प्रस्ताव गरेका छन् । उनले केन्द्रीय समितिको बैठकमा बोल्दै अब प्रधानमन्त्री नबन्न र त्याग देखाउन प्रस्ताव राखेका हुन् । उनले एमालेसँगको ७ बुँदे समझदारी बमोजिम ०८३ असारसम्म ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्ने र एकताबद्ध रुपले साथ दिनुपर्ने बताए…