माओवादीले समर्थन फिर्ता लिएकाले ३० दिनभित्र विश्वासको मत लिन्छु : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा माओवादी केन्द्रले औपचारिक रूपमा समर्थन फिर्ता लिएकाले संविधान र कानूनअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताए । प्रदेश सभामा कांग्रेस–एमालेको दुईतिहाइ भए पनि विश्वासको मत लिने उनले बताए । उनले माओवादी प्रतिपक्षमा…