काठमाण्डु-नेपाल प्रहरीले मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरेको छ । मधेसमा तस्करीको लाइन खुलाएको र त्यसबापत घुस लिएको उजुरीका आधारमा पोखरेलमाथि कारबाहीको तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो । उनीसँग निकट बिचौलिया पक्राउ परेका छन् भने घुमुवाहरूलाई प्रहरी प्रधान कार्यालयले झिकाएर सोधपुछ गरिरहेको छ । मधेसमा घुमुवा र बिचौलियामार्फत तस्करीको…