पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पुर्वानुमान महाशाखाले साेमबारकाे माैसम पुर्वानुमान गरेकाे छ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बदलीको अवस्था रहेकाे छ । कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा…