काठमाण्डु – काठमाण्डु महानगरपालिकाले सोमबारदेखि सामुदायिक विद्यालयका १७५ जना शिक्षकका लागि तालिम सुरु गरेको छ । तालिममा स्रोत शिक्षक, शिक्षामा सीप कार्यक्रमका फोकल शिक्षक र प्रारम्भिक बाल विकास कक्षाका शिक्षकलाई सहभागी गराइएको छ । एउटा समूहमा २५ जनालाई सहभागी गराएर ७ वटा समूहमा तालिम सञ्चालन हुनेछ । ४२ घण्टाको तालिममा ३० घण्टा मनोवैज्ञानिक र मनोसामाजिक…