राजविराज – बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि सप्तरीको हनुमानगर बजार शुक्रबार तनावग्रस्त बनेको छ । बसको ठक्करबाट मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का १७ वर्षीय ध्रुव मण्डलको मृत्यु भएको आक्रोशमा स्थानीयले हनुमाननगर बजार बन्द गराएर प्रदर्शन गरेका छन् । स्थानीयले बजार क्षेत्रमा टायर बालेर प्रदर्शनबीच सडकमै बेञ्च र खाट राखेर चक्काजाम तथा बजार…