काठमाण्डु - असोज १८ गतेको वर्षापछि गएको ठुलो पहिरोले अवरुद्ध मेची राजमार्ग तत्काल नखुल्ने भएको छ । राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए । उनले जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको पनि बताए । सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले…