काठमाण्डु- कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन् । शनिबार बिहान सडक पेटीमा कलौनीको शव घोप्टो परेको अवस्था फेला परेको हो । उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए । जोशीका अनुसार हिँड्दाहिँड्दै…