सहकारी छानबिन संसदीय समितिद्वारा २० जनासँग कारागारबाट झिकाएर बयान

काठमाण्डु – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ठगी आरोपमा जेल र थुनामा रहेका २० जनासँग समितिको सिंहदरबारस्थित कार्यालयमा झिकाएर बयान लिएको छ । समितिले समस्याग्रस्त सहकारीसँग सम्बन्धित व्यक्तिहरूसँग बयान लिने क्रममा सहकारीको रकम अपचलन गरेका, हिनामिना गरेका र सेवाग्राहीलाई भनेको समयमा आफूले बचल गरेको रकम नदिएको आरोपमा जेल र…