बंगलादेशले भारतलाई भन्यो-शेख हसिनालाई सुपुर्दगी गर

काठमाण्डु- बंगलादेशले भारतलाई त्यहाँ शरण लिएर बसेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनलाई सुपुर्दगी गर्न आग्रह गरेको छ । बंगलादेशका अन्तरिम सरकारका प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अगस्टमा भएको जनआन्दोलनबाट भागेर भारतमा निर्वासनमा रहेकी अपदस्थ प्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न आग्रह गरेका हुन् । आफ्नो कार्यकालको पहिलो १०० दिन पुगेको अवसरमा राष्टका नाममा सम्बोधन गर्दै…