पूर्वसभामुख ढुङ्गानाको आज अन्त्येष्टी गरिँदै

काठमाण्डु-पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिने भएको छ । आइतबार निधन भएका ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि सानो गौचरनमा राखिने भएको हो । ढुङ्गानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली सहितका शीर्ष नेता पुग्ने छन् । सानो गौचरनमा श्रद्धाञ्जलीपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने…