काठमाण्डु- सोमबारदेखि तीनदिने एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा हुने भएको छ । पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधि लगायतका विशिष्टीकृत विषयमा परामर्श गर्न सम्मेलन आयोजना गर्न लागिएको आयोजक सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स (स्काएफ)नेपालले जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…