काठमाण्डु-मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरू उम्मेदवारको अन्तिम टुङ्गो लगाउन जुटेका छन् । स्थानीय तहका रिक्त ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । सत्तारुढ एमालेले सबैजसो उम्मेदवारको टुङ्गो लगाए पनि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले केही बाहेक उम्मेदवार चयन गर्न सकेका छैनन् । कांग्रेसले रिक्त रहेका ४४ मध्ये ४२ पदमा उम्मेदवारको टुङ्गो लगाएको छ भने…