चौथो टी२० मा वेस्ट इन्डिजद्वारा इंग्ल्याण्ड पराजित

काठमाण्डु-इङ्गल्यान्डलाई ५ विकेटले पराजित गर्दै चौथो टी२० खेलमा वेस्ट इन्डिजले जित हात पारेको छ । इंग्ल्याण्डले दिएको २१९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा २२१ रन जोडेको हो । वेस्ट इन्डिजको जितका लागि प्रारम्भिक जोडी एभिन लेविस र साइ होपले ९ ओभरमा १३६ रनको साझेदारी गरेका थिए । १०…