हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

मकवानपुर – जिल्लाको हेटौंडा उपमहानगरपालिका–९ धापमा शनिबार मोटरसाइकलको ठक्करबाट १ बालकको मृत्यु भएको छ । मयुरधापबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामचन्द्र अर्यालका ५ वर्षीय छोरा सिभांस अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकको हेटौंडा अस्पतालमा उपचारका…