काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनका क्रममा बालुवाटारबाट पक्राउ परेका नेता–कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । मंगलबार बालुवाटारमा आन्दोलनका क्रममा केन्द्रीय सदस्य पुकार बम लगायत १५ जनाभन्दा बढी नेताहरू पक्राउ परेका छन् । विना शर्त तत्काल रिहा गरिनुपर्ने रास्वपा कार्यबाहक प्रवक्ता मनीष झाले विज्ञप्तिमार्फत माग गरेका छन् । विज्ञप्तिमा उल्लेख छ,…