एमालेले सरकारलाई भन्यो : अनुसन्धान र अभियोजनमा बाधा पुर्‍याउने काम भयो, नियन्त्रण गर

काठमाण्डु - सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले सहकारी ठगी प्रकरणको अनुसन्धान र अभियोजनमा बाधा पुर्‍याउने काम विभिन्न पक्षबाट भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ । आफै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई एमाले महासचिव शंकर पोखरेलले बिहिबार विज्ञप्ति जारी गर्दै स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण तयार गर्न आग्रह गरेका हुन् ।…