आँखा उपचारमा ऐतिहासिक फड्को: २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

काठमाण्डु - नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ। सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो। यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ। नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ (आरओपी) का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा…