काठमाण्डु- राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत अहिले सातै प्रदेशमा मतदान जारी छ । बिहान ९ बजेदेखि सातै प्रदेशमा शुरू भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनमा सकिँदै छ । २० मध्ये एक सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित र १९ निर्वाचित हुन् । राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य…