अवैध लागूऔषधसहित ८ जना पक्राउ

काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ । रूपन्देहीको देवदह नगरपालिका–९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम र नगद २६ हजार १०० रूपैयाँसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय लालबहादुर पुन, २७ वर्षीय आशिष परियार र तिलोत्तमा नगरपालिका–२ बस्ने…