गाजा युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत

काठमाण्डु- गाजा क्षेत्रमा १५ महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम सम्झौता भएकोमा स्वागत गरेको हो । मन्त्रालयले मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ । नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि…