भूमि आयोगका ६ जिल्ला अध्यक्ष नियुक्त

काठमाण्डु – नियुक्त हुन बाँकी ६ जिल्लाका भूमि आयोगका अध्यक्ष नियुक्त भएका छन् । नवनियुक्त जिल्ला अध्यक्षहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले शपथ ग्रहण गराएसँगै शुक्रबार देशैभरका भूमि आयोगले पूर्णता पाएको छ । यसअघि ७१ जिल्लाका अध्यक्ष नियुक्त गरिएका थिए । भूमि आयोगको रौतहट जिल्ला अध्यक्षमा अखिलेश्वर चौधरी, जुम्लामा सुरतबहादुर शाही, बझाङमा…