अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ मनाइँदै

काठमाण्डु-सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ…